पटक्कै मलाई शंका नगर्नु
म अग्लो भए नि
पुड्को भए नि
धर्तीमा अग्लो देशको म मान्छे !
पटक्कै मलाई नहेप्नु
म कालो भए नि
गोरो भए नि
हिमाल टल्कने देशको म मान्छे!
पटक्कै मलाई न खिज्याउनु
म मोटो भए नि
दुब्लो भए नि
संजीवनी फुल्ने देशको म मान्छे !
पटक्कै मलाई नबेच्नु
म भोको भए नि
नाङ्गो भए नि
स्वभिमान नबेच्ने देशको म मान्छे !
पटक्कै मलाई विभाजित नगर्नु
म हिन्दू भए नि
क्रिश्चियन भए नि
म बुद्धिष्ट भए नि
मुश्लिम भए नि
बुद्ध जन्मेको देशको म मान्छे !
पटक्कै मलाई नठेस्नु
म बुच्चो भए नि
चुच्चो भए नि
संसारको सुन्दर देशको म मान्छे !
पटक्कै मलाई नबाड्नु
म पहाडे भए नि
मधिशे भए नि
म शान्त देश नेपालको मान्छे !
म अग्लो भए नि
पुड्को भए नि
धर्तीमा अग्लो देशको म मान्छे
म कालो भए नि
गोरो भए नि
हिमाल टल्कने देशको म मान्छे !!
