Skip to content

तीन योद्धाहरू


सरकार !
स्वय म हर्दम तमतयार भएर
बिना
हातहतियार
अन्धकारमा
भुतमसानहरुको बिद्रोहमा
उत्रिरहेका महान सपुतहरू !

भ्रष्टाचारी भाइरसको चिरफार
अनि मानताबिरोधिहरुको विरुद्धमा
र यो विश्वयुद्धको रणसङ्ग्राममा
मौजुद

अनि,
सत्य समाचार
आम उपचार
र संसारको दिगो उद्दारको निमित्त
हरप्रहर तैनाथ
यो युगका रामहरु।

रिपोर्टर पुलिस र डाक्टरहरू !

गुप्तचर र रावण जस्तो सत्रु
र यो देशका सब दुश्मनहरू
परास्त गर्ने रहरहरू लिएर गएको कमाण्डर
र भोलि बिहानको पहिलो प्रभाकरमा
घर फर्किएको खबरहरू
यो देशको राष्ट्रिय दैनिकमा आयो भने त ठिकै छ
यो देशको राष्ट्रिय दैनिकमा आयो भने त ठिकै छ ।

तर,यस्को ठिक बिपरित,
अञ्जान उल्टै उसको जवाफी हमाल र वदलाभावबाट
पराजीत भएर
औजार
अनि अधिकार नपाएर
मैदानमा होनाहार तालिवानले
हार खाएर
कोरोना छेप्यास्त्र प्रहारबाट
अनि अन्तिममा कहीं पनि उपचार नपाएर

अखबारमा
अनि ऊ आफै एउटा मरेको समाचार आयो भने नि !

सरकार!
यो राज्य अनि यो संसारले
उसलाई शहीद घोषित गर्छ कि गर्दैन ?

(यहाँ इटालीको चिकित्सकहरुको निर्ममतापूर्वक भएको निधन र उनीहरुको जनावारजन्य अन्तेस्टिको प्रसङ्गलाई जोड्न खोजिएको छ । अहिलेको समयमा बढी सक्रिय पात्रहरू स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मीहरू हुन ।राज्यपछ्यले यिनीहरुको सुरक्षामा विशेष ध्यान दिनु अत्यावश्यक छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *