Skip to content


तिम्रो र मेरो भेट भयो कान्छा भद्रपुर बजारमा
तिमी त सारै मायालु रैछौ एक मात्र हजारमा
कान्छा एक मात्र हजारमा……………

तिमी र हामी सँगसँगै घुम्यौ नक्सालको बजार
झझल्को मलाई आइरहन्छ सधै त्यो तिम्रो मुहार
कान्छा त्यो तिम्रो मुहार……………

मेची पुृल तरी काटेर जाँदा पुगियो भन्सार
तिमी र हामी भेट हुन्दा कान्छा बिर्सियौं संसार
कान्छा बिर्सियौं संसार…………..

मायाको चिनो साटेथ्यौं हामीले बीच बाटो गएर
छाडेर अब नजाऊ है कान्छा पिरती लाएर
कान्छा पिरती लाएर………………

4 thoughts on “मायाको चिनो”

  1. सविताजी यो गिती कवितामा निकै
    सविताजी यो गिती कवितामा निकै राम्रो भावना र कल्पनाकाे स‌योजन भएकाे देखियाे । तपाइँका रचनाहरु म धेरै अघिदेखि नै पढ्दै अाएकाे छु । लाेकलयमा तपाइँकाे निकै अास्था रहेको देखिन्छ । लोकलयका साना गीतहरु लेख्ने तपाइँमा धेरै क्षमता रहेको देखिन्छ । आफ्नो लेखनलाइ तपाइँ जुसुकै हालतमा पनि जारिराख्नुहोला । म यो अनुराेध पनि गर्दछु । अग्रगामी र सकारात्मक साेच भएका रचनाहरुकाे निर्माणमा तपाइँलाइ सफलता मिलोस् । लेखाइमा पनि पर्याप्त शुद्धता रहेको छ यही गतिले रचनाहरु लेखिरहनुहोस् हार्दिक शुभकामना ।

    1. धन्यबाद होम सर
      धन्यवाद सर । मलाइ होसला दिनु भएकाेमा यहाँदेखि अाभारी छु । हजुरको चाहना अनुसार म अाफूलाइ साहित्यमा लगाइरहने छु । मेरो रचना पढेर प्रतिक्रिया जनाइदिनु भएकाेमा धन्यवाद ।

      1. म खुसी भएँ
        मेरो प्रतिक्रिया उपर तत्काल अाफ्नो समर्थन जनाउनु भएकाेमा म सविताजीप्रति सारै प्रसन्न भएँ । जाेसुकै ता मेैले दिएकाे सुझाबमा वास्तै गर्दैनन् तर तपाइई‌ भने बडाे सचेत देखिनु भो । तपाई‌मा सम्भावना चहकिलाे छ । तर किन हो तपाई‌को फोटो मझेरीका रचनाहरुमा देखिएकाे छैन नि । बरु एडमिनलाई फोटो पनि अाफ्नाे रचनाहरुमा समाविष्ट गर्न अनुराेध गर्नुहोला ।
        धन्यवाद ।

    2. जुहारी
      यो कस्तो खाले संवाद हो ?
      मलाइ, होसला, यहाँदेखि, आफूलाइ, तत्कार, आफंनो आदि पनि निकै सुद्द लग्यो | बधाई छ दुवै साहित्यकारज्यू |

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *