Skip to content


जाडोले कठ्याङ्ग्रिएर,
ओछ्यानमा सुतेको छ कि ?
कि कतै बन्द हड्तालको,
चपेटामा फसेको छ कि ?
सायद धेरै बहिनीको एक्लो भाइ हो ।
भेटघाटमै व्यस्त छ कि ?
कि भर्खरै विवाह गरेर, नव दुलहीसँग,
हनिमुन मनाउन, विदेशतिर लागेको छ कि ?
कि कतै भलादमीका, वचनरुपी छडको प्रहारले,
वर्षैदेखि घायल बनेको छ कि ?
कहाँ छ ? हाम्रो देशको ‘राष्ट्रियता’ !
खोज्दा-खोज्दा थाकिसके,
कहीं कतै भेटाइन् ‘राष्टियता’लाई ।
तर प्रसस्तै सुनेको छु ।
‘राष्टियताको ‘ ब्यख्या विश्लेशण
हाम्रा देशका हरेक भलाद्मीको मुखबाट,
फरक-फरका किसमले ।

दीपक पाण्डेय, बैतडी
हाल: कञ्चनपुर
9848895372

Leave a Reply

Your email address will not be published. Required fields are marked *