१)
नमात्तिनु सुख पाउदा दु:ख पर्दा नरुनु रे
समयको चक्र हो यो जीवनमा भोग्नु पर्ने
रिस राग गर्नु हुन्न दुई दिनको जिन्दगीमा
पत्थर हान्ने शत्रुलाई नि फूलको गुच्छा हान्नु अरे ।
२)
हौसाउने धेरै पाइन्छ एकबारको जिन्दगीमा
बिग्रिएमा गाली गर्ने कोही हुन्न जिन्दगीमा
मिठो बोली मन पर्छ तर त्यसमा बिष हुन्छ
सत्य कुरा तितो लाग्छ मानिसको जिन्दगीमा ।
३)
जली जाने सौन्दर्यको किन यति चर्चा चल्छ
मरी जाने शरीरको किन धेरै चर्चा चल्छ
मरे पनि अमर हुने कृति छर्ने काम गर
मानिस धर्ती रहेसम्म अनि त पो चर्चा चल्छ ।
ध्रुबकुमार थापा
सागाचोक – सात, जल्केनी, सिन्धुपाल्चोक
हाल – कन्दाहार अफ्गानिस्थान
मेरो आफ्नो रचना र बि फ बि स गोर्खा रेडियोको दोभान कार्यक्रममा बाचित भएको रचना हो
