हाम्रो नेपालको झण्डामा पनि
बुझ्नुपर्छ हेर नेपाल पनि
गरिब राष्ट्र छ नेपालमा पनि
राष्ट्रको इतिहास बोकेको पनि
इतिहासमा योद्धाहरुको शहीद भएको पनि
पाइन्छ खुन बगेको खोजी हेरे पनि
नेपाली खुन दानमा झुक्यौ
हाँसी हाँसी फाँसी गयौ कहिले लुक्यौ
धेरै नै खुन नेपाली माटोमा
यो नेपाली धर्तीमा भोग खाए ताहा
१९९३ सालबाट नेपालमा
खुनै खुनले भिज्न गयो यो माटोमा
भनेनन् बुवा पनि, छोरा यहाँ
खुनको बलिदान दिए यही माटोमा
रुन्छिन नेपालमा आमा हाम्रो काखमा
देख्दैनौँ हामी आमा रोएको आज यहाँ
ए आमा हामी नेपाली भएर आज यहाँ
दुःख सारा सखाप पायो आज हामीले यहाँ
ए आमा नरुनु आँसु झारेर यहाँ
संकट सखाप पारौँ आज नेपालमा
ए नेपाली ! आमा खुनको नदी भयो यहाँ
सारा सखाप पार्यौ हामीले यहाँ
ए आमा नरुनु तिमी आँसु झारेर
तिमीलाई रुवायौ हामी छोरा भएर
नेपाली आमा खुनको नदी भयो यहाँ
केहिरहेन यस जमिनमा
दुधको धारा खायौँ आमाको हामीले यहा
पाइनन् आमाले सुख सन्तोष मनमा
ए आमा मनमा नदुखाउनु यहाँ
यस्तै पार्यो समयको परिस्थितिमा
नेपाल आमा हजुरका लालाबाला हुँ
ए आमा चित्त दुखाई तिमी नरुनु
नेपाल आमा तिमी हौ मतृभूमि यहाँ
माया गरेर राखौँ आमालाई तहाँ
विभिन्न जातजाति भएको यो देश नेपाल
विभिन्न धर्ममा रहेको यो देश नेपाल
बुद्धको जन्म भएको यो देश नेपाल
हिमालको शक्ति भएको यो देश नेपाल
ए आमा आषिक देऊ हाम्रो देशमा
दुःख पाए नेपालीले हेर यहाँ
भस्मै भै सक्यो सारा देशमा
आषिक पाए हुन्थ्यो यो देशमा
ए आमा बर देऊ छोराहरुमा
तिम्रै लालावाल भए यो देशमा
गरिब संख्या भएको यो देश नेपाल
कलाकारखान नभएको यो देश नेपाल
विदेशको दासी बन्ने यो देश नेपाल
दुःख र कष्टमा खेल्ने यो देश नेपाल
ए आमा छोरा गए सारा गरिब भएर
विदेशमा बस्नु पर्यो हेर दासी भएर
आफ्नै देश र माटाको सम्झना भएर
बस्छन् नेपाली धर्धर रोएर
हुदैन घुस मागेर खानु
बेर छैन देश डुवेर जानु
नयाँ नेपालको विकास गर्नु
कहिले हुदैन हामी पछाडि सर्नु
दाजुभाइ दिदी र बहिनी
विकास गरु हामी सबै मिलि
आफ्नो हेर देशको लागिमा
प्राण त्याग्नु पर्छ राम्रो पार्नुमा
भ्रष्ट्रचारी अत्यचारीमा
घुस कोरी हेर दुरचारीमा
बचाउुन हामीले नलागु ताहाँ ।।
