म गर्छु
मेरा बाबासँग
मेरी आमासँग
पुज्ने भगवानसँग
एउटा कुराको बिन्ती
सिर्फ एउटा कुराको
अरु अरुसँग पनि ।

म यही माटोमा
यही देशमा
यही दुनियाँमा
जन्मिन चाहन्छु
मैले पाएको छैन
जन्मिनुको मजा लिन ।

मैले बाँकी छ
सगरमाथाको शिखरबाट
नेपली झन्डा उडाउन
बाँकी छ पाइला टेक्न
त्यो बुद्दको जन्मस्थलमा
त्यो लुम्बिनीमा ।

पाइएन डुंगा खियाउन
यहाँका
सयौ तालहरूमा
हजारौं नदीहरूमा ।
मन छ मलाई
वनमा विरह गाउने
चरिसँगै गाउन ।
अधुरै छ रहर
त्यो मार्सी धानको
आफैले ढिकी कुटेर
भात खान ।

अनिरहर छ
मुस्ताङका स्याउ
सबैलाई चखाउन
चाहन्छु इलामे चिया
विश्वलाई पुर्याउन ।

बनाउँनु छ
यहाँको पानीले
रातपनि दिनजस्तै ।
मित लगाउनु छ
यहाँका छाँगा छहरासँग
पाखा पहरासँग ।

मलाई अर्को जन्म जरुर चाहिन्छ
यही धर्ती मै चाहिन्छ
यही माटोमै चाहिन्छ
नेपाली माटोमै ।
देऊ पुनर्जन्म ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *