Skip to content

यो मनको के भर हुन्छ


यो मनको के भर हुन्छ
बहकिने मात्र डर हुन्छ
जानी जानी पनि यहाँ
भुल गर्ने रहर हुन्छ

छिनमै भत्केर जाने बालुवाको घर हुन्छ
तैपनि मन सजाए रमाइलो रहर बन्छ

हर मुटुलाई छुने मायाको लहर हुन्छ
तैपनि मन पन्छाए रित्तो रित्तो बगर बन्छ

शब्द – सुरेन्द्र राना
स्वर – अरूण थापा
संगीत – राम थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *