Skip to content


यो जिन्दगीको के कुरा
यो सपना हो र के कुरा
तिम्रो रूपको पनि के कुरा
मेरो गीतको पनि के कुरा

कस्तो हो यो वेदना
गीत हो कि संवेदना
जे भयो जे सुकै भयो
कुर तीरको यो साधना

के भयो यो जिन्दगी
कहाँ बग्छ यो जिन्दगी
भन्न खोज्छु म के भनूँ
यो तिम्रो मेरो जिन्दगी

शब्द – ईश्वर बल्लभ
स्वर, संगीत – अम्बर गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *