Skip to content

जिन्दावाद र मूर्दावाद


आज फेरि जिन्दावाद र मूर्दाबादको नारा लाग्दैछ
आँगनमा खेल्ने बालक आत्तिएर घरभित्र भाग्दैछ

उसलाई डर छ कतै, उसको पनि अकाल मूत्यू त हुने हैन
किनभने हिजोसँगै खेल्दै गरेको साथी आज ऊसँग छैन

कसैको काख खाली, कतिको सिउँदो पखाली आन्दोलन हुदैछ
अबोध बालबालिका आफ्ना बुवाआमा गुमाएर एक्लै रुदैछ

हिजोसम्म आँशु पुछिदिदै पापा किनी दिने बुवा आज ऊसँग छैन
भोलि कसलाई बुबा भन्ने छ चिन्ता उसलाई, किनभने यो घटना झूठो हैन

कोही भन्छ, अधिकारको लडाइँमा उनको बुवा शहिद भयो रे
भोलि सरकारले उसको परिवारलाई क्षतिपूर्ति दिन्छ अरे

तर उसलाई बुवाको न्यानो मायाको कमी सघै हुने भयो
सम्झी सम्झी बालक फेरि सधैं रुने भयो

यो क्रम कहिलेसम्म जारिरहने हो ?
अझै कति बालबालिकाहरू टुहुरो हुने हो ?

नवीन कुमार लामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *