Skip to content

मिठो बोलिदिए पुग्छ

DrSabinRanabhat


व्यथा अनेक छन्
मुटु जलिरहेछ
धेरै केही चाहिएन
मिठो बोलिदिए पुग्छ

दर्द धेरै छन्
दु:ख बढिरहेछ
अरु केही चाहिएन
मिठो बोलिदिए पुग्छ

नून छर्कने धेरै छन्
घाउ पोलिरहेछ
अरु केही चाहिएन
खाटो नचलाए पुग्छ

मिठो बोली अनि
थोरै मुस्कान

मनैदेखि सच्चा शुभकामना
अरु केही चाहिएन
बस यति भए पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *