Skip to content

उनकै रूपमा हराएछु


उनकै रूपमा हराएछु यसै म
हुँदा प्यासी, पानी पिलाए पछि

उनी झट्ट हेर्दा सुन्दरी स्वर्गकी
अहा ! मग्न आँखा मिलाएपछि

उनी धेरै प्यासी, थिइन् झन् लजालु
कठै, आज सन्तोष दिलाएपछि

मन टुक्रिएको थियो टुक्का टुक्रा
मनले मनलाई यहाँ सिलाएपछि

संसार जितेर नाम कमाउदैछ यहाँ
अचानक ऊ आफैमा बिलाएपछि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *