Skip to content

यस्तो एउटा कथा रैछ


यस्तो एउटा कथा रैछ संसारमा माया पनि
कहिले घाम कहिले पानी आधा-आधी जिन्दगानी

कति खेले फूलसँग जुनसँग कति कति
मन मुटु साट्दा पनि हुन्न माया देखे जति
रित्तो-रित्तो हुनु रैछ आखिरमा माया पनि
कहिले घाम कहिले पानी आधा-आधी जिन्दगानी

सधै सँगै हिंडे पनि वारि-पारि हुनु रैछ
चित्त बुझाई आफ्नो भाग्य आँसुले नै धुनु रैछ
बगी जाने पानी जस्तै हुँदो रैछ माया पनि
कहिले घाम कहिले पानी आधा-आधी जिन्दगानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *