Skip to content

जब जब कोही प्यारो लाग्छ


जब जब कोही प्यारो लाग्छ
निद हराएर टाढा भाग्छ
रंगी-बिरंगी फूलहरूमा
एउटै फूल किन प्यारो लाग्छ

रातहरू किन नौलो नौलो
बत्तीहरू किन लाग्छ मधुरो
बाँचिरहेछु गाइरहेछु
तैपनि जीवन किन अधुरो

फूलहरूमा किन रंग हरायो
नयनहरूमा किन आँसु बिलायो
आफैंले नै माया गरेर
आफैंले नै किन जलायो

स्वर, संगीत – माधब घिमिरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *