मानव जीवन एउटा चेतशील र अमूल्य जीवन हो यो अमूल्य जीवनमा मानिसले सार्थकतालाई हात पार्न सक्नु पर्छ र सार्थकतामा बाँचेको सार हुन्छ । हाम्रो धर्मशास्त्र, पूराणहरूले यही भन्दछन् कि यो सार्थक जीवन (अमूल्य जीवन)लाई खेर जान दिन हुँदैन र सार्थक उपलब्धी (मोक्ष प्राति)को लागि खर्च गर्नु पर्दछ । यस विषयमा गरुडले र विष्णु भगवानसँग जन्म मरणको चक्रमा मानिसले कसरी नरक पाप भोगी प्रेत मातृ गर्भ भेट्छन भन्ने जिज्ञासा राख्नुहुन्छ ।
गरुडको यो जिज्ञासामा भगवान विष्णुले यसरी प्रष्ट्याउनुहुन्छ – यो संसारमा जीवहरूको उद्भिज (जमिनबाट जन्मने वनस्पतिहरू) स्वेदज (पसिनाबाट जन्मने जस्तै जुम्रा ) अण्डज(अण्डाबाट जन्मने जस्तै चरा,,जरायु (गर्भाशयबाट) गरी चार तरिकाबाट जन्म हुन्छ अर्थात चार थरीका जन्मबाट प्राणी संसारमा उत्पन्न हुन्छन् । यिनको शारीरिक निर्माण कसरी हुन्छ आदि विषयमा गरुडलाई विष्णुले यसरी बताउनुहुन्छ–प्रकृति पुरुष दुवै आलिङ्गनमा आएर रज अनि वीजको मिलन हुन्छ र गर्भधारण हुनजान्छ । यो प्रकृयामा विष्णुले गरुडलाई इन्द्रलाई लागेको विश्वरूपको ब्रह्महत्याको बारेमा पनि जानकारी गराउनुहुन्छ । विश्वरूपको कर्मदेखि इन्द्रले डाहा गर्थे र कसरी मार्ने भन्ने धारणा राख्थे । इन्द्रले विश्वरूपका तीनै शिर कटिदिए तर ब्राह्मणलाई मार्दा ब्रह्महत्या लाग्ने भएकोले इन्द्र ब्रह्महत्याका भागी भए । यो ब्रह्महत्यालाई इन्द्रले चार भागमा वाँडे । यो बाँडिएको एक भाग पृथ्वीले स्वीकारिन्, दोस्रो भाग यो पापलाई वृक्षले नै लिए, तेस्रो भाग यो पापलाई स्त्रीलाई नै दिए, चौथो भाग यो पापलाई पानीलेग्रहण गर्नु पर्यो । यो पापलाई ग्रहण गरेबापत इन्द्रले सबलाई वर दिए ।
स्त्रीले प्राप्त गरे सदा सहवास सुख
स्त्रीले भोग्नु पर्यो रजस्वला दुःख
रजस्वला तीन दिनलाई ऋतुकाल भन्छन्, ऋतुकाल तीन दिनलाई अपवित्र ठानिन्छ रजस्वला भएको पहिला दिनमा नारीलाई चण्डाल्नी सरह मानिने, दोस्र दिन उनलाई ब्रह्मघातिनीसरह ठानिने तेस्रो दिन उनलाई धोविनी (रजनी) सरह मानिने र चार दिनका दिन स्नान गरेपछि शुद्ध मानिने भएकोल पहिला तीन दिनलाई सहवास रोक छ (स्पर्श दोष मानिन्छ) र यी तीन दिन भित्र यदि गर्भ रहेमा पापी देह जन्मन्छ ।
पहिलो हप्ताभन्दा दोस्रो हप्ता सहवास
सन्तति जन्मेमा सवल हुन्छ खसोसास
वीर्य स्थापनमा मातापिता–सोचन जस्तै
सन्ततिको हुन जान्छ सवल त्यही सुवास
युग्म तिथिको सहवासले पुत्र जन्म दिन्छ । अयुग्म तिथि–सहवासले पुत्रीको जन्म हुन्छ । स्त्रीहरूको ऋतुकाल प्राय सोह्र रात्री हुन्छ चौधौं रात्री गर्भ धारण अति उत्तम मानिन्छ । चौधौं रात्रीमा सहवास भै जन्मने पुत्र गुणवान्, भाग्यवान् र धर्म निष्ठ हुन्छ । तर यो रात्रीको गर्भ धारण सामान्यत कठीन हुन्छ । प्राय आठौं रात्री मध्यमा गर्भ रहन्छ । विष्णुल गरुडलाई भन्द छन् हे पंक्षी राज गरुड –‘ ऋतुकालको समयमा खानपानमा पनि ध्यान दिनु पर्छ । ऋतुकालको पाँचौ दिनमा,स्त्रीले कटु, क्षार तीक्ष्ण र उष्ण भोजन गर्न हुँदैन किनकि स्त्रीको गर्भाशय औषधीको पात्र समान बनाउनु पर्दछ र, पुरुषको बीज अमृततुल्य हुन्छ । यो अमृत तुल्य वीजलाई संरक्षणको लागि उचित भोजन नै राम्रो मानिन्छ । त्यतिमात्र नभएर सहवासमा पनि स्त्री पुरुषले ध्यान दिनु पर्छ ।
स्त्री क्रोधादिले मुक्त हुनुपर्दछ, मृदु स्वभाव, शीतलताले अभिसिंचित भएर सहवासको लागि तयार हुनुपर्दछ । पुरुषले पनि ताम्बूल र पुष्पमाला लगाएर, चन्दनले सुस्वभित भएर स्वच्छ तथा रामा्र कपडा लगाएर, शुद्ध मनले स्त्रीको शैयामा जानु पर्छ, वीर्य पतनको समयमा, सुन्दर कल्पना गर्नु पर्छ, जस्तो कल्पना हुन्छ उस्तै प्रकारको सन्तान जन्मन्छ । ईश्वरीय प्रेणाले वीज शुक्र कणमा जान्छन्, पुरुषले प्रदान गछन् र स्त्रीले गर्भ धारणा गर्दछन् । सर्वप्रथम शुक्रकण र रज संयोगमा आउँछन् । संयोगमा आएको वीज क्रमैसँग बढ्दै जान्छ र आफ्नो रूप(आकार) लिन्छ ।
सहवासमा रक्ताधिक भयो भने कन्याको जन्म हुन्छ भने सहवासमा शुक्राधिक भयो भने पुत्रको जन्म हुन्छ । जब हुन्छ रक्त शुक्र बराबर संतान बन्छ नपुङसक । पुरुषले प्रदान गरेको वीज क्रमैसँग बढ्दै जान्छ अनि एक रातमा –कलकल रूपधारण गर्छ पाँचौ रात्री पुगेपछि बुद् बुद् रूपमा बढ्छ,,दशौ दिनमा वयर दाना रूप लिन्छ । अनि पछि मासपेशीय अण्डकार बन्छ, एक महिनामा शिर बन्छ दुई महिनामा बाहु र अङ्ग, तेस्रोमासमा नङ, लोम, चर्म लिङ्ग वोधक क्षिद्र,उत्पन्न हुन्छ । चौथो महिनामा रस, रक्तस मासु, मेदा अस्थि मजा र शुक्र बन्दछ । यिनै चक्र पाँचौं महिनामा जब लाग्छ भोक प्यासले छुन्छ, छैटौं महिनामा लागेपछि सालनालले बच्चाबेर्छ,यही महिनामा बच्चा आमाको दाहिनी कोखमा सर्छ, माताले खाएको खानाबाटै यसले खानाखान्छ । दिसा पिसाव गर्दै जान्छ त्यसैमा नै सुत्छ, कृमिद्वारा टोक्न थाल्छन् मुर्छा समेत पर्छ । तीतो टर्रो पीरो गरम नून जो माताले खान्छिन्, त्यसै खानामर्फत उसलाई कष्टहरू मिल्छन्, पीठ अनि गर्दन कुण्डलकार हुन्छन्, पिंजडाको चरोसरि गर्भमा नै रुङ्छन्–
हुनजान्छ स्मरण सय वर्षे कर्म
शुभ अनि अशुभमा गरिएका धर्म
स्मरण गर्दा गर्दै लामो सास लिन्छ
कष्टदायी गर्भ यात्रा कहाँ सुख मिल्छ
गर्भभित्रनै उसले लिन्छ विष्णुको नाम (विकलवाणीमा ), प्रसुति वायुले हुन्छ चलाई राख्ने काम, सात धातुको आवरणमा आवृत्त भएर त्यो ऋषिकल्प जीव, त्यहाँ अति डराएर, दुई हात जोडी विष्णुमा भक्ति चढाउन थाल्दछ र शिशुले भन्न थाल्दछ– हे प्रभू तपाईंकै मोहरूपले देहरूप धरे,पत्नी पुत्र पुत्री भनी अहमता भरें, ममत्व भावले अभिमान गर्दा जन्म मरणको चक्करमा परें तर प्रभू मैले जति कर्म गरें सबको लागि गरे तापनि सारा दुःख कष्ट भने आज एक्लै मैले मात्र लिुनु पर्यो । ं म विन्ति गर्छु गर्भबाट बाहिरिन पाऊँ बाहिर गए पछि मेरो सारा भक्ति प्रभूमा समर्पित हुने छ र मुक्ति पाउने काममामात्र लाग्ने छु । आज दिशापिसावको पोखरीमा बस्छु, त्यहाँ जठराग्निले असाध्य नै जल्छु, अति ठूलो पीडाबाट बाहिरिन पाऊँ प्रभू म हजुरकै शरणमा पर्छु । सम्भव हुन्छ मेरो मुक्ति गर्भबाटै हओस्,किन कि गर्भबाट बाहिरिए पाप कर्महरू सुरु हुन्छन् ।
यस्तो विन्तिभाव गर्ने उक्त ऋषिकल्प
दशमहिनामा जन्म लिन्छ छैन विकल्प
प्रसूतीवायु सकृय भै प्रसूती व्यथा लाग्छ, बालकको शिर तलतिर सोझिदै अति कष्टदायी अवस्थाम बाहिर आउँछ । त्यतिवेला प्राण वायु लिन कठीन पर्छ, बालकको चेतन पनि नष्ट हुन जान्छ, यसै कारण बालक त अत्याधिक रुन्छ । कर्म भोगबाट अन्तर जीव गर्भबाट बाहिर आउँछ, यो संसारलाई ढाकेको वैष्णवी मायाले उस्लाई पनि ढाक्छ, ऊ मोहित हुन जान्छ, मायाको स्पर्शले ऊ विवश हुन्छ ऊ बोल्न सक्दैन प्रयुक्त शैशवादि हुने सबै खाले दुखहरू पराधिन सरह भएर भोग गर्दछ किनकि उसलाई लालन पालन गर्ने वालाले, उसको इच्छ्यालाई बुझ्न सक्दैनन्, त्यो बुझाइलाई बुझ्न नसकि,विपरित वातावरण बन्न जान्छ, जन्तुस्वेदजदूषित तथा दिशा पिसावमा गाडिएर सुतिरहनु पर्दछ, ऊ उठ्न खोज्छ सक्दैन, जीउ चिलाउँछ कनाउन सक्दैन अरु चिज गर्नमा ऊ असमर्थ रहन्छ, ज्ञान शून्य अवस्थामा, शिशुका कोमल मासुमा, विविध खाले कीराहरूको, टोकाइ सहँदै शैशव अवस्था पार हुन्छ ।
शैशव अवस्था पारगरेपछि ऊ पौगण्डावस्थामा प्रवेश गर्छ (५वर्षदेखि १० वर्षे अवस्था) यो अवस्थामा पनि उस्ले दुःख नै भोग्छ, ऊ स्वतन्त्र हुँदैन,उसले चाहेको प्रप्त गर्न सक्दैन, पौगण्डावस्था पार गरी ऊ युवावस्थामा प्रवेश गर्छ, यो अवस्थामा पनि उसले अँझ बढ्ता दुख भोग गर्दछ,काम क्रोध ईर्ष्याले भरिएको, यो उमेर अति कष्टदायी हुन्छ, युवा अवस्थामा उसले आसुरी सम्पत्ति प्राप्त गर्छ ।
आसुरी ?
दम्भोदर्पोऽभिमानश्च क्रोधः पारुष्यमेवच
अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरि म
(गीता १६/४)
(हे पार्थ ! दम्भ,घमण्ड,अनि अभिमान तथा क्रोध कठोरता र अज्ञान पनि –यी सबै आसुरी –सम्पदालाई लिएर उत्पन्न भएको पुरुषका लक्षण हुन्), आसुरी सम्पत्ति प्राप्त गरेपछि, ऊ दुव्र्यसनमा आशक्त हुन्छ, नीच व्यक्तिसँग सम्बन्ध राख्छ, ऊ कामलम्पट बन्दछ, शास्त्र र सत्पुरुषसँग द्वेष गर्छ, सबैलाई घृणा गर्दछ, भगवानकी मायारूपी स्त्री देखेर आफ्ना इन्द्रियलाई बसमा पार्न सक्दैन, स्त्रीमा आशक्त भएर, स्त्रीको भावभङ्गीमा प्रलोभित भएर, महामोहरूप अन्धतमले गर्दा, बत्तीमा जसरी पुतली पर्छन् त्यसरी नै ऊ पर्दछ । हिरण, शब्दमा, हात्ती स्पर्शमा पतङ्ग रूपमा, भमरा गन्धबाट र माछा रसबाट, आसक्ति भएर मारिन्छन्, एउटा प्रमादी व्यक्तिले पाँच इन्द्रिबाट पाँचै विषयमा भोग गर्दछ, ऊ किन नमारिनु, ऊ मारिन्छ नै । अभीप्सित बस्तुको प्राप्ति भएन भनेर, अज्ञानका कारण क्रोध उठ्छ, क्रोधका कारण त्यो कामुक मान्छे, स्वय म आफ्नै नाश गन, दोस्रो कामुक मानिससँग लड्न जान्छ,, यो अवस्थामा त्यो कामुक मानिसलाई अको कामुक मानिसले त्यसरी मार्छ, जसरी एक बलवान हात्तीले निर्बल हातीलाई मार्छ । वास्तवमा सयौं योनीलाई पार गर्दै अमूल्य मानव योनी पाइन्छ,मानव शरीर पाएर पनि, द्विजत्व पा्रप्त गर्नु दुर्लभ छ, अतिदुर्लभ द्विजत्व प्राप्त गरेर पनि जस्ले द्विजत्वलाई धर्मकर्मद्वारा बचाउँदैन केवल इन्द्रियलाई तृप्त पार्नमा नै प्रयासरत रहन्छ, त्यसले आफ्ना हातमा आएको अमृतस्वरूप अवस्थालाई,आफ्नै प्रमादबाट नष्ट गर्दछ ।
मानिसमा बृद्धावस्था आउँछ, मानिसको बृद्धा अवस्थामा महान् रोगव्याधिले सताउँछ, ऊ व्याकुल हुन्छ र मृत्युलाई स्वीकार्दछ, पुनः ऊ पूर्ववत महान कष्टकर नरकमा जान्छ, ऊ जन्म–मरणको चक्रमा फस्छ । उसले वैराग्यता कहिल्यै प्राप्त गर्न सक्दैन ।
मानवको अमूल्य जीवनमा मोक्ष प्राप्तिको लागि साधनारत रहनु नै अति उत्तम हुन्छ ।
सदानअभागी
( यो कथा गरुडपूराण –सारोद्धार आठौं अध्यायको भावसार हो )