Skip to content


म यात्रामा निस्किएकी
एक यात्री
कति उकालो र ओरालो
गरेँ
कति चट्टानसँग
घुँडा र खुट्टा जुँधाउँदै
अगाडि बढेँ
कति चट्याङको डर लाग्दो
आवाजसँगै झस्केर लडेँ
तर हार खाइन
हिँडिरहेँ निरन्तर
म एक यात्री

कति उर्लदा खहरेसँग भीडेँ
कति बाढी र पहिरोसँगै गडेँ
भेल बाढीसँगै मिलेर गुड्गुडिने
ती ढुङ्गा जस्तै भएर
पहिरोसँगसँगै खस्ने
ती चट्टान अनि हिलोमाटोमा
हिलाम्मे भएर हिडेँ
कहिले अनकन्टार
घना जङ्गलको
बाटो भएर
मेरा नाङ्गा पैतालाहरू
छ्ड्ने तिखा काँडाहरूको
बाटो भएर हिँडेँ
तर हार खाइन
हिँडिरहेँ निरन्तर
म एक यात्री

कहिले सूर्यको तापसँगै

कहिले घामको रापसँगै हिँडे
अजङ्गको रुखको छेल पर्दै
हँसिया र घन बोकेर
ती पहरा फोर्ने आँटसँगै
सबै शक्तिलाई एकीकृत
गरेर हिँडेँ
कहिले टाउको दुखाउँदै

कहिले मुख सुकाउँदै हिडेँ
तर हार खाइन
हिँडिरहेँ निरन्तर
म एक यात्री

कहिले बन्दुकको नाल
बोकेर हिँडेँ
कहिले आलो रगतको
ताल छोपेर हिँडेँ
आमाका आँसुको
वास्तै गरिन
प्रियाको सिउँदोको ख्यालै
गरिन
हिँडिरहेँ एउटा आदर्शविहीन बाटो
थुप्रै असर्फीहरू खेलाउने
अभिलाषा बोकेर
घुम्ने कुर्सी समाउनका
लागि हिँडिरहेँ
तर हार खाइन
हिँडिरहेँ निरन्तर
म एक यात्री …।

1 thought on “म यात्री”

  1. कविता असाध्यै राम्राेमा कुनै
    कविता असाध्यै राम्राेमा कुनै दुविधा छैन । तर यात्रा गर्न सुरूमा महिला निस्केकी छिन् । तल गएर तिनै महिला पुरूषका रूपमा देखिएकाेेले त्यसलाई मिलाउनु भन्छु मे बैनालाई । अरु ता सङ्घर्षकाे मिसायल बाेकेकाे कविता छ बधाइ छ । फेरि पनि बधाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *