Skip to content

उनले जस्तै माया गर्ने


उनले जस्तै माया गर्ने यार होस् जिन्दगीमा
उसलाई तिम्ले गरेझैँ प्यार होस् जिन्दगीमा ।

फक्रिएको फूल टिप्ने माली होस् जिन्दगीमा
झर्दा फूल भुइँमा थाप्ने, थाली होस् जिन्दगीमा ।

एकअर्काको मनलाई बुझ्ने रीत होस् जिन्दगीमा
पीडा लुकाई खुसी दिने, मित होस् जिन्दगीमा ।

भमरा र फूलको जस्तै प्रीत होस् जिन्दगीमा
मलाई दिने उसको मुस्कान, शित होस् जिन्दगीमा ।

फूलहरूको बीचमा बसी, इच्छा पूरा होस् जिन्दगीमा
ती फूलमध्ये एउटासँग खास कुरा होस् जिन्दगीमा ।

मदनकृष्ण खरेल
मन्थली क्याम्पस, मन्थली, रामेछाप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *