जानी जानी कसैसँग झुटो माया लाउँदिन म
तिम्रोजस्तो पत्थर मुटु अन्त कहीँ पाउँदिन म
यो मुटुमा झिर रोपी हत्या गर्यौ मेरै मनको
त्यसैले त बिर्सिदेऊ फर्किएर आउँदिन म
जहाँ जाऊ जसो गर, तर सधैं हाँस्दै बाँच
यो मनलाई फेरि मोडी बहरजस्तै दाउँदिन म
मैले चोखो माया दिँदा, आँसु मात्र दिए पछि
तिम्रो माया ओत बनाई, टुक्रा मुटु छाउँदिन म
विमला बुढाथोकी
मन्थली क्याम्पस,
मन्थली, रामेछाप

very nice
It is very nice.
http://www.makaronline.blogspot.com