म हुँ रुपाली बैशाली
जगमा कहलिएकी हरीयाली
पहाड खोला नालीबेली
रुपवती म तिम्रै खेती …
कहिले तोरीखेती केहीले धान
कहिले मकै कहिले कोदो
म किसान प्यारी
रुपवती स्त्री तिम्रै खेती
निष्ठुरी त तिमी पो
पाइन ख्याल तिम्रो साथ
छाडी गयौ बाँझी भएँ
बिना मेहनत उजाडी गएँ
म त बैशाली रुपाली
आयु मेरो हजार जुनी
बहु पति मेरो चलनी
सोर्ह सत्र मात्र हैन नि
तिमी त बैश मै कुरुप
तोरी लाहुरे डोरी लाहुरे
म त सुन्दरी रुपाखेती
धान खेती तोरी खेती
मकै खेती कोदो खेती
म त सुन्दरी म त सुन्दरी
धर्तीकी परी कतै छैन वरिपरि
सदा बैशालु म रुपाखेती
रुपाखेती म तिम्रै खेती
दु:ख लाग्छ मै सुन्दरी
मेरो अघि त्यो मरुभूमि
कठै कस्तो हुन्छ ए पराई
मेरो शीतलता छैन तिमीलाई
गालामा डन्डीफोर जस्तो
ढुँगाको बास जोड्छौ म माथि
कुरुप्नी मरुभूमि पत्थर
हान्छौ अनि भन्छौ शहर
फर्की आऊ बैश देऊ
मेहनत देउु फल लेउु
नत्र दिन्छु श्राप चाँडै
अक्षम्य तिम्रा पापलाई
जन्मभूमि तिम्रो माता
कर्मभूमि म तिम्रै खेती
रुपवती स्त्री तिम्रै खेती
सदा बैशालु म रुपाखेती
रुपाखेती म तिम्रै खेती ।।
