आँउला छिट्टै, गोधुँली साँझ पर्खेर बसे है
लाँउला माया, गुलाफ रातो टिपेर बसे है ।
चखेवा जस्तै पिरती गाँस्नु, दुनियाँ लोभ्याई
जितौँला हामी सँसार आज हाँसेर बसे है ।
हेर्नेछु फोटो आँउदा याद साथमा राखेर
बितौँला रात प्रेमिल गीत गाएर बसे है ।
गुराँससँगै सुगन्ध छरी फुलौँला लेकैमा
घुमौला बेसी भञ्जाङ डाँडा झरेर बसे है ।
दैवको खेल नहोला भर निराश नबन्नु
भूलौला कतै मलाई फेरि, सम्झेर बसे है ।
(३ २ ३ २ ३ ३)
२०७३/४/१३

ramro
ramro