हुरी बतासको चपेटामा परे पनि परूँ
असिनाले चुटे पनि चुटोस
खडेरीले सुकाएरै मारे नि मारोस्
स्वार्थीले चुमेर छोडे पनि छोडोस्
भगवान कै नाममा मेरो हत्या भए नि होस्
वा ढुङ्गे देउता कै नाममा होस्
साचो प्रेम वा झुटो प्रेम प्रस्तावमा लगियोस्
तर म चुपचाप निश्वार्थ सुवास दिन्छु
म फूल बनिदिन्छु
@ अज्ञात पाल्पाली
www.unknownpalpali.blogspot.com