Skip to content

सिर्जनाका रहरहरू पढ्दा पढ्दै


परिचय – दुर्गा रिमाल (अधिकारी)जीसँग कपन वानेश्वरले २०७४ साल श्रवण ७ गते आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा प्रत्येक्ष हुने मौका मिल्यो । यस अवसरमा उहाँका ‘सिर्जनाका रहरहरू’ र ‘त्रिवेणी ’ कवितासङ्ग्रहहरू दुई थान उपहार्स्वरूप प्राप्त गर्ने सौभाग्य मिल्यो । यी कृतिहरू आज ‘सिर्जनाका रहरहरू’लाई पढ्ने दिन जुर्यो र केही शब्द कोर्ने मन पनि जाग्यो ।

रिमालजी २०३२ साल भदौ २६ गते गल्छी, ८ वैरेनी गा. वि.स, धादिङमा माता माया रिमाल र पिता कृष्णप्रसाद रिमालकी सुपुत्रीको रूपमा यस पृथ्वीमा पदार्पण गर्नुभएको थियो भने हाल उहाँ कलङ्की १४, काठमाडौमा बसोबास गर्दै आउनु भएको छ । एम.एडसम्मको शिक्षा हाँसिल गर्दै आफ्नो जीवनलाई सार्थक पार्न र नेपाली साहित्यलाई उच्चाईमा पुर्याउनको लागि उहाँको तन मन र कलम निरन्तर अघि बढेको विभिन्न पत्रपत्रिकामा लेख रचनाहरू प्रकाशन र कृतिप्रकाशनले जानकारी दिइरहेका छन् । रिमालजीका यी दुई कृतिको अध्ययनले उहाँलाई एक सिद्धहस्त ्कवयित्रीको रूपमा परिचय गराएको महसुस मैले गरेको छु ।

कृतिको संरचना – यो कृति आवरण सहित ४३ पृष्ठको छ । यस कृतिलाई दुर्गाजीका पति शिवप्रसाद अधिकारीले प्रकाशन गर्नुभएको छ र मूल्य रु १०० राखिएको छ । लामा छोटा गरी ३१ ओटा कविताले कवितासङ्ग्रहले आकार लिएको छ ।

कृति तथा कृतिकारप्रति साहित्यकारको धारणा– यस कृतिमा प्रा.डा. रामचन्द्र लम्साल लेख्नुहुन्छ –‘‘… प्रस्तुत कविता सङ्ग्रहको सानो सिर्जनाकुञ्जभित्र कवयित्रीले फराकिलो परिवेश समाहित गर्ने सफलता हाँसिल गर्नुभएको तथ्य स्पष्ट परिलक्षित हुन्छ । ’’ यसरी नै गाउँले् वलदेवजीले लेख्नुहुन्छ –‘यसमा सङ्गृहित कविता तथा मुक्तक आकारले साना छन् । साना छन् त्यसै्रले सुन्दर छन्, खदिला छन् । ’’

प्रकाशकीयमा शिवप्रसाद अधिकारीले दुर्गाले समयको पहिचान गरेको र गृहिणीमा सीमित नरही कवयित्री भएको धारणा राखेका छन् । कवयित्री दुर्गाजीले यस कृतिमा ‘‘ जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’’ शब्दद्वारा मातापिता र गुरुब्रह्मा गुरुर्विष्णु, गुरुदेवो महेश्वर । ’’शब्दद्वारा गुरुजनलाई वन्दना गर्दै सामाजिक मूल्य र मान्यतामा कोशढुङ्गा थप्नुभएको छ ।

कविताहरूको अध्ययन –काव्यको थालनी गर्दा मङ्गलाचरणबाट थालनी गरेको पाइन्छ तर यहाँ दुर्गाजीले पहिलो कवितामा कथा र मर्म जति छन् ती लिएर कविता लेख्न लागेको भन्दै गौरी पुत्र( गणेश)को स्मरणा गर्नुभएको छ । सुशिक्षिता बन्न सकुँ भन्दै, सरस्वतीको वन्दना गरेकी छन् । वीर हरुप्रति पनि कवयित्रीले देशको लागि समर्पण गर्ने शहीदहरूको स । पना अपुरा नै रहे भन्दै ‘श्रद्धै श्रद्धाका पुष्प गुच्छा अर्पण गर्दै अश्रुचित्र कोर्ने अनुमति चाहन्छिन् ।

कर्तव्य र विवेकलाई मानिसले जान्नु आवश्यक छ । विवेक नभएको दुष्टलाई साथी बनाउँदा दागाधरेर हिड्छ र सुन्ने नसक्ने शब्दहरू बोल्छ देख्दा गोृरा भए पनि अन्तरमन कालो हुन्छ । जाली हुन्छन् यिनले –

‘घाँटी निमोठ्छन् निमुखाहरूको
झर्को र फर्को उपहास चर्को
हिंसा र अन्याय यहीं कलङ्क
लाग्यो बडा चौडा नविन लङ्का
पृष्ठ १४

कवयित्रीका भावना स । मुद्रका छाल झैं लहरिएका छन् कतै लाँच्छी हुन नहुने संदे्श, कतै हेमन्तमा तुवाँलो लाग्ने, तुषारो पर्ने, मुटुकमाउने, भोक बढाउने, आगो ताप्न पर्ने जस्ता धारणा, कतै कवयित्रीले मानवता विहीन विवेक भएका मानिस पाउने, गर्दछन् । के विधताले पनि असमानका भनी प्रश्न गर्दछिन् । कतै ममता र ज्ञान हराएको धारणा आएको छ भने कतै मनकामना माइलाई चामुण्डा र योगमायाका उपनाम दिंदै ज्ञानविज्ञान र शक्ति दिनको लासगि आग्रह गरिएको छ ।

भन्ने गरिन्छ स्वर्ग र नर्क तर यो एउटा अनुभूतिमात्र हो । न कसैले स्वर्ग भोगेर आएर स्वर्ग यस्तो छ भन्ने प्रमाण भेटिन्छ न नर्कको नै । वास्तवमा यो भू (पृथ्वी) र्नै स्वर्ग हो । यहीं नै सुख र दुःख दुवैको अनुभूति मानिसले लिन सक्छ । यस पृथ्वीमा के छैन सबै चीजहरू छन् र यसैबाट हामीले स्वर्गीय अनुभूति हुन्छ भन्ने धारणा कवयित्रीले यसरी राखेकी छन् –

छ शान्त, सम्मोहक, सौम्य, सुन्दर
छ दिव्य आह्लादक यो मनोहर
छ गोठमा गोकुल कामधेनुझै
छ पोषिलो दुग्ध–सुधा पिऊँ सधैं
पृष्ठ १९

यस कधवितासङ्ग्रहमा कवयित्रीले कतै माधवीको कामको उच्च मूल्याङन गरेको पाइन्छ भने श्रीकृष्णको महिमा गाउँदै संसारको सार हौ भनिएको छ । यसरी नै कवयित्रीले कृषकको पनि उच्च मूल्या्ङकन गरेको पाउँछौं–

खेतला हौ शुभ समयमा खेतमा अन्न छर्छौ
ब्रह्माजी हौ कृषक पनि हौ प्राणको सृष्टि गर्छौ
पृष्ठ २२

कवयित्रीले जन्मस्थललाई नेपाल समान प्रिय ठान्दछिन् बुद्धत्वमा शान्ति पाउँछिन्, लोकतन्त्रमा निर्माणको काममा जुट्नु पर्ने ठान्दछिन्, हिन्दू देश भनिन्छ मूर्तिहरू विदेशिएको पाउँछिन्, शहीदहरूले कालो शासन फाल्न ज्यानको आहुती दिएर दिलाएको उज्यालोको त्यो चिताको दियो ननिभोस् भन्दछिन्, नारीको जीवन दासी र भोगवती भएर नबितोस् भन्ने कामना गर्दछिन् लुटको धन भनेको औंसीको रात हो त्यसमा प्रकाश मिल्दैन र लुटको धन आर्जन गर्नेले आफन्तलाई आफन्त ठान्दैनन् र लुटनै सर्वेसर्बा ठान्छन् । तिनबाट मुक्तिलिनको लागि संघर्ष गर्नु पर्छ । नेतृत्वले न्म्त्यिाएको विकृतिमा कवयित्रीले यस प्रकार कटाक्ष गरेकी छन् –

ए नेता सुन है जनादर हुने गोप्यै कुरा लेख्छु है !
र रोएका जनता सबै हृदयमा सन्त्रास पो देख्छु है !
फैलायौ महँगी मपालु कसरी ?सन्तानलाई अब !
स्वर्गै तुल्य स्वदेश रच्दछु भन्यौ रभ्दै गयौ रौरव ।
पृष्ठ ३१

आज हरेक क्षेत्रमा विषमताले भरिएको छ । जनवाद भनियो तर विध्वंस मच्चाइयो र जनताले शान्तिको अनुभू, ति गर्न पाएनन् त्यसोहुँदा कवयित्रीले जनवाद भन्ने हरूसँग सोधनी गर्छिन्–

कैले हुन्छ समत्वभाव जनमा वैषम्य पन्छाउने !
कैले हट्छ अमानवीय घटना निर्दोष तर्साउने ?
पृष्ठ २६

वसन्त शीर्षक भएका दुई कवितामा कोइलीको गुञ्जन, फूलहरूले प्कृतिलाई सिङ्गारने, हरिया पात भए पनि राता फूलहरू फुल्ने, प्रणय फुल्ने जस्ता धारणाहरू आएका छन् ।

राष्ट्र, राष्ट्रियता, आमा र नेपालप्रति कवयित्रीको गहन धारणाहरू अभिव्यक्त भएका छन् । सास्ती भोगेकी धराले सास्तीबाट मुक्त हुनको लाति सद्बुद्धको जन्मको चाहना राख्नु, नेपालीको गाथा गाउन पर्ने धारणा, देशमा शान्तिको कामना, राष्ट्रि सद्भावना देखाएर अघि बढ्न पर्ने धारणा, कवयित्रीले बुलन्द स्वरमा बोलेकी छन् । नेपाल जलस्रोतको धनी देश भए पनि यहाँका नदीनालाले अर्थात गङ्गाले पनि यस देशका बोट बिरुवालाई सिच्न नसकेको धारणा राख्दै कवयित्रीले भिखारी भए पछि माग्न लाज मान्न हुँदैन भन्दछिन् । प्रेमको उद्गार पनि प्रस्फूटन भएका छन् उन्का कवितामा –

अलौकिकै प्रेम हुँदैन मापन
हुँ प्रेम भोको पिरती छ व्यञ्जन
सिरानामा तस्विर राख्छु रत्नको
छ प्यार दाम्पत्व सदा सुहाउँदो
पृष्ठ ३६

प्राणी जन्मेपछि मर्छ यो ध्रुव सत्य हो । कवयित्रीले पनि यसलाई स्वकिारेकी छन् ।

सिर्जनाका रहरहरू कवितासङ्ग्रहमा पोखिएका भावनाको सारलाई मैले माथि नै प्रष्ट्याउने प्रयास गरेको छु । कवयित्रीले यस कृतिका कवितामा फराकिलो परिवेशलाई समाएकी छिन् र कविता यात्रामा सफलतासँग अघि बढेकी छन् । भाषाशैली –भाष सरल छ । सबै वर्गका पाठकले सहजरूपमा कवितालाई आत्मसात गर्न सक्छन् । विभिन्न रस, विम्बर प्रतीकको संयोजनले कवितालाई रसिलो बनाएको छ ।

शीर्षकीकरण – सिर्जनाका रहरहरू शीर्षक कवयित्रीले राम्रोसँग न्वारान गरेको देखिन्छ । कविता सिर्जना गर्ने रहर कवयित्रीमा जागेर आयो । आफूले सिर्जना गरेका कवितालाई सिर्जनाका रहर भनेर नामा करण गरियो । सिर्जनाभन्दा सृष्टि गर्नु पनि भनिन्छ कविता कोर्नु पनि एउटा सृष्टि नै हो । सृष्टि गर्न कस्लाइरहर लाग्दैन र ? अत शीर्षक ठिक छ भन्न सहज रूपमा सकिन्छ ।

अतः कविता विविधताले सजिएका छन् । देशको प्राकृतिक सौन्दर्यता, राष्ट्रप्रतिको माया प्रेम, आध्यात्मिक चिन्तन, दार्शनिक अभिव्यक्ति, वैचारिक र नैतिकपक्षमा सवलता, स्वसंस्कृतिमा प्रवलता, राजनीतिक विकृतिमा कटाक्ष समाजिक विकृति प्रति व्यङ्ग, शहीदप्रति श्रद्धाभाव, शान्तिको कामना, गुरु र माता पितामा श्रद्धाभाव आदि धारणालाई समेटेको छ कवितासङ्ग्रहले । कवयित्रीले नेपाली साहित्यमा प्रदान गरेको यो कृतिको प्रसंशा गर्दै, भावि लेखनमा तीब्रताको कामना सहित बिदा चाहन्छु ।

धन्यवाद
कावासोती न.पा. वडा नं ७ नवलपुर
मिति २०७४ साल पौष ४ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *