गजल गजल पुकारी हुन्न गजल
खालि शब्द थुपारी हुन्न गजल
भावात्मक प्रलयमा लाखौ शब्द,
शब्दको भिखारी हुन्न गजल
भावको लागि मन हल्लिनै पर्छ
रित्तो मुखको टोकरी हुन्न गजल
अर्थलाई स्वर्ण बनाउन त्यसमा
मलजल नगरी हुन्न गजल
शब्दलेतिर झै अरुलाई घोच्ने
शब्दको सिकारी हुन्न गजल
