Skip to content

जिन्दगीको पानाभरि


जिन्दगीको पानाभरि सुख भेटिदैन
के भो यस्तो मलाई लौ न बुझिदेऊ
मनको आसा पुर्‍याउने फूल फुलाइदेऊ
व्यथा लुक्छ शून्यभित्र हेर्दा देखिदैन
मुखमा ल्याई भन्न खोज्दा बोल्न सकिदैन

जीवनमा एउटै मेरो इच्छा अल्झिरैछ
हृदयको नशा नशा संचार भइरैछ
चाहनामा अल्झाउने तार छिन्नसक्छ
हेरी ल्याए जिन्दगीमा व्यथा दिनसक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *