दुःखाई चित्त निथ्रुक्क परेली भिजाएकी होली
बनाई मन उदास पक्कै पनि टोलाएकी होली
तिजमा भाइ लिन नआउने खबर सुनेपछि
कुन्नि कसो गरेर दिदीले चित्त बुझाएकी होली
भन्दै थिई वर्षौं भो माइतीसँगै दर नखाएको
त वर्षेनी तिजमा एक्लै कसरी रमाएकी होली
सधैँ जाँड धोकेर आइलाग्छ पति परमेश्वर
तर बसेर ब्रत उसैको भलो चिताएकी होली
-दीपक पाण्डेय ‘दीपु’
पाटन नगरपालिका ४ मझेघर,बैतडी
हाल : महेन्द्रनगर,कञ्चनपुर
सुदुर पश्चिमाञ्चल विश्व विद्यालयमा BBS पहिलो वर्षमा अध्ययनरथ
