सँगै बस्ने मन थियो


सँगै बस्ने मन थियो समयको साथ छैन
फेरि भेट हुन्छ हुन्न, साथ माग्ने आँट छैन ।

माया मेरो अन्धो रैछ, निष्ठुरीको जालमा पर्यो
फक्रिएर बस्न नपाई, कोपिला मै ओइली झर्यो ।

हाँस्न आखिर कहाँ पाउँथेँ र हाँस्ने आधार गुमाएसि
मिलन आखिर कहाँ हुन्थ्यो र मायामै खोट लागेपछि ।

फूल के हो नसोध मलाई काँडै काँडामा अल्झेकी छु
प्रेमको अर्थ नसोध मलाई, धोकाको उपहार पाएकी छु ।

करुणा बुढाथोकी
कक्षा : ११, मन्थली उमावि ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *