जनता खेपिरहेछन् मार देश कसरी उभो लाग्छ ?
एक चोटी होइन बारबार देश कसरी उभो लाग्छ ?
एमाले ढल्यो भर्खर् मावावादी जीत मनाइरहेछ
कांग्रेश कस्दै छ सुरसार देश कसरी उभो लाग्छ ?
कर्णाली बेचिरहेछ सप्तकोसी बगिरहेछ यसै
हासिरहेछ नाङगे तार देश कसरी उभो लाग्छ ?
प्याज काट्दा मात्रै होइन किन्दा नि आसु झर्छ
छोइ सक्नु छैन् बजार देश कसरी उभो लाग्छ ?
हरेक छनौटमा फालिए पछि म खाडी भासिए
थेप्चो हुनाले नाक आकार देश कसरी उभो लाग्छ ?
कागजी फूल
झापा,नेपाल ।
