Skip to content

भ्रष्टचारी


नेता संविधान बनाऔं भन्छन्
जनता आवाज उठाउँछन्
भ्रष्टाचारी दमन गर्छन्
देशमा शान्ति ल्याऔं भन्छन्

अचम्म छ यो संसार
आवाज कस्ले सुनिदेला
भ्रष्टाचारी यो देशमा
शान्ति कहिले आउला ?

भ्रष्टाचारी यो देशमा
कहिले आउला शान्ति
शान्ति शान्ति भन्दाभन्दै
थाकी सक्यौं हामी ।

कसले देख्ला त्यो कर्णालीको
भोकमरी व्यथालाई
कसले हेर्ला त्यो पश्चिमको
महिला यौन दुर्व्यवहारलाई
गरिब पसिना बगाउँछन्
धनी विलासी जीवन बिताउँछन्
नेताहरू चिल्ला गाडी चढ्छन्
भ्रष्टाचारी लुकी हिँड्छन् ।

शिक्षाको उज्यालो पनबाट
सुदुर पश्चिम पछि पर्यो
विकासको गतिमा
मध्यमाञ्चल आइपुग्यो
विकास हुने ठाउमा
भ्रष्टाचारको दमन बढ्यो

भ्रष्टाचारी उन्मुलन गर्न सबै अघि बढौं
देशमा शान्ति ल्याउनलाई कहिल्यै पछि नहटौं
भ्रष्टाचारको आगोलाई
अहिलेदेखि निभाऔं
शान्ति छाउन सबैले
दीयोमा तेल थपौं ।

विपना भुजेल
कक्षा १०,
मन्थली उमावि, मंन्थली

Leave a Reply

Your email address will not be published. Required fields are marked *