Skip to content

दाइलेभन्दा भाइले


दाइलेभन्दा भाइले, बित्ता नाप्दा पहिले
छिमेकीले साँध मिची, कित्ता नाप्दा अहिले

घरभित्रै झगडा छ, फूल अघि कि चल्ला
संघीयता र हकको, चिठ्ठा थाप्दा अहिले

लिलामीमा राखेको छ, थोपा थोपा पसिना
बीचौलियाले घरको, ईट्टा खाप्दा अहिले

अधियाँमा परेको छ, मेरो देशको सान
खेती गर्ने बुढो बाजे, ठट्टा गाँस्दा अहिले

भविष्य हेरी देशको, झण्डा डराउँदैछ
राष्ट्र हाँक्ने खेलाडीले, बिट्टा छाप्दा अहिले

किरण कुमार श्रेष्ठ
पालुङ्गटार-१, बान्द्रे, गोरखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *