कानले सुन्न चाहन्छ, मीठो संगीत नै सदै।
नाकले सुंघ्न चाहन्छ, सुगन्धित सुवासनै।
नेत्र मधुर मुस्कान, जीभ्रो स्वादिष्ठ भोजन ,
त्वचा स्पर्श गरौँ भनि, खोज्छ कोमल रोजन ।
नयन नाक कानै र, जीभ्रो त्वचाहरू यिनै ,
मन मालिकका दूत, विश्वासी सेवकै यिनै ।
मनका बिचरा पाँच , आदेश पालनै गरी ,
पाँचैको आर्जनै पूर्णै, खान्छ मन सदैभरी।
रहेर मन गुप्तै नै , जीवमा गर्छ शासन ।
संकट पर्छ बुद्धि कै , गर्छ सास्टांग आसन
सुशासन भए मात्र, समृद्धि हुन सक्छ त ।
कुशासन दिँदै दिन्न, भएको पनि जान्छ त ।
छाडा त हुन्न छोड्नै यो, नर्कैमा पार्न सक्छ त ।
माने निर्देशनै बुद्धि , स्वर्गीय शुख दिन्छ त ।
