ऐंठन होला होला जस्तो लाग्यो
बौलाउँछु कि झै पनि लाग्यो
चुलै निम्तो पठायौ तिमीले जब
तिम्रो सिन्दुर पोते हुने दिनको
आँशु पुछी पछ्यौरीले सोर्है आना सत्य भन्थ्यौ
तिमी बिना जिउनु भन्दा निको अपहत्य भन्थ्यौ
आकाश खस्ला खस्ला जस्तो लाग्यो
धर्ती भासिएला झै पनि लाग्यो
कथा कथ्यौ सपनीको सपनी कै रहर गरें
आँखा चिम्ली भर पर्दा आखिरीमा अभर परें
मुटु फुट्ला फुट्ला जस्तो लाग्यो
सासै लुट्ला लुट्ला जस्तो लाग्यो
चुलै निम्तो पठायौ तिमीले जब
तिम्रो सिन्दुर पोते हुने दिनको
शब्द – राजन राई
स्वर – राजेश पायल राई
संगीत – राजन राज सिवाकोटी
एल्बम – ऐंठन
