Skip to content

मेरो गाउँको दशैं


नेपालीहरूको महान पर्व दशैं
हर्ष उल्लासको पर्व
मेल मिलाप
सामाजिक सदभाव
बोकेको मेरो गाउँको दशै ।

एकसरो लुगाफाटो
जोहो गरी राखेको
चामलको भात
आमाले बनाएको सिकारको
तर्लङ्ग परेको तिहुन आहा
कति मीठो मेरो गाउँको दशै ।।

फुल पाती चढाई
पवित्र आत्माले गरेको
देवीको आराधना
रिस राग कपट विहीन
खुशीको पर्व आहा
कति रमाइलो मेरो गाउँको दशै ।

छैन यहाँ शहरको जस्तो
भीडभाड कोलाहल
खोक्रो प्रतिस्पर्दा
बाहिरी आडम्बर
थेग्नै नसक्ने गरी
लादिएको ऋणको भारी ।

जे छ यहाँ दुरुस्त छ
सुख, शान्ति, स्वच्छ
जीवनको सही भोगाई
कलकल बग्ने गंगा समानं
तृप्त अनि आत्मसन्तुष्टि
मेरो गाउँको दशै
अहाँ कति शान्त दशै
मेरो गाउँको रमाइलो दशै ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *