अनायास मन भित्रै रमाएर भूल गरे मैले
उनीसँगै ज्यूने मर्ने सुर गरे मैले
मेरै मात्र हुन उनी सोचेको थे मैले
विश्वास मै बसी ठुलो भूल गरे मैले
घर उनको भरिपूर्ण थाहा पाए जब
अतितका माया प्रीति बिर्सिदिए मैले
त्यो मनमा पनि बल्दो हो आँधीहुरी बेसरी
दोष लाग्छ तिम्रो बस्ती उजाड दिन मैले
घात विश्वास म प्रति जे गरे नि उनले
परिवार तिम्रो सप्रेम उपहार दिए मैले
छैनन बिग्रेका दिन अँझ मेरा त भनी
यो मुटुमा ढुँगा राखी रोक्न सक्छु मैले

नयाँ मान्छे देखे मझेरीमा ।
नयाँ मान्छे देखे मझेरीमा । निकै राम्रो रचनाका साथ मैले पहिलो पटक शाेभालाइ देखे । हो रचनामा पनि शाेभा छ तर कता कता कसरमसर छन् । शुरु जसरी भएकाे छ बिस्तारै कमजाेरीहरु देखिन थालेका छन् अन्तमा । अन्तिम दुइ हरफ ता निकै कमजाेर छन् । काेसिसको खाँचो भएको बुझै । रचनाकाे लागि धन्यवाद ।
खुशी लाग्यो
गजल विधामा मेरा शुरुवाती प्रयासहरु हुन तसर्थ यस्तै सल्लाह र सुझावको अपेक्षा गर्दछु । धेरै धेरै धन्यवाद ।