
सेलजस्तै रेल घुम्दै नाग ढुंगा पुग्छ कैले ?
आशा गर्छौ ? भर छैन पानी देऊ लान पैले ।
आतुर छन् काकाकुल पिउन शीतल जल ।
उत्तर दक्षिण बग्ने शिरबाटै खोज्ने जल ?
आकाश फल झरेर हाँमी खान्छौं कैलेसम्म ?
जडी बुटी खोला नाला लुटे लुट्नु सकेसम्म ।
बीरगंज अमलेख गयो कता आज सारा।
जनकपुर पूर्वको इन्जिन हो गोरु गाडा ?
पोल्ने किनेको औषधी बाटो छेक्ने ढोका थुन्ने
राम भन्दै ज्यानै मार्ने यस्ताको विश्वास गर्ने ?
