
त्रिहत्तर यो दशैंको, पद्मको शुभ कामना
::::::::::::::::::::::::::::::::::
पन्च वायु शरीरमा, सदा वास गरीरहुन् ,
अविराम मन्द श्वास , सदा आई जाईं रहुन् ।
प्राण र अपान वायु, नित्य निर्त्य गरी रहुन्,
अड्.ग प्रत्यड्.ग सक्रीय कार्य गरी रहुन् ।
आयु द्रोण पुत्र जति, नभए दीर्घ जीवन,
हुनेछ श ड्॰का नगर, यौगिक क्रिया पालन ।
स्वादिष्ठ स्वास्थ वर्धक, सपरिवार साथमा,
हाँसी खुशी सदा पुगोस्, हातमुखको योगमा ।
आआफ्ना काम यिनले, आलस्य नगरी गरुन् ,
कुवेरको कन्तुरको , साँचों साँच्चै हात परुन् ।
कर्म योगी सदा बनी, जीवन गर सामना,
त्रिहत्तर यो दशैंको, पद्मको शुभ कामना ।
