Skip to content

आकाशको तारा खसे


आकाशको तारा खसे, भन तिमी के गर्छौ ?
अन्जान मै माया बसे, भन तिमी के गर्छौ ?

ढकमक्क फुलेको त्यो यौवनको मातमा
नमज्जाले कोही फसे. भन तिमी के गर्छौ ?

भोलिका ती दिनहरू चिन्न कस्ले सक्यो र !
बाध्यताले डोरी कसे, भन तिमी के गर्छौ ?

हिजो तुच्छ लाग्ने मान्छे बदलिदै ऋतु झै
मन दिल भित्र पसे, भन तिमी के गर्छौ ?

चोट सानो पीर ठूलो बनाउँदै आफ्नाले,
सर्पले झै डस्नु डसे, भन तिमी के गर्छौ ?

साउँद मिना “अनुश्री”
लम्की, कैलाली
(रचना : मिति २०७३ कार्तिक ११)

Leave a Reply

Your email address will not be published. Required fields are marked *