झ्यालै ढोकै कोठै पिच्छे, राम्रा हाम्रा घर्घरैमा
लक्ष्मी पूजा आजै हो है, बालौं राता नीला बत्ती ।
लक्ष्मी हो आऊने आजै, खोलेरै राखौं है ढोका
ढोका सव्वै बन्दै राख्दा, आाँखा चिम्ली जालिन् फर्की ।
औंसीको रात्री अँध्यारो, अप्ठ्यारो नेपाली बाटो
खाल्टा खुल्टी साना ठूला, अल्झिने खुट्टा खाल्टैमा ।
हेर्दै बिस्तारै आए है, द्यौसी भैलो खेली चाँडै
भन्ने आमा बाबा मान्छौं, छिट्टै जान्छौ चौकै हान्छौ ।
नाकै बन्दै श्वासै रोक्ने, पोहोर्का पर्वै नै हाम्रा
प्राणायामै गर्दै वित्यो, मौनावस्थाको ध्यानैमा ।
टीका टाला लाई ऐले, देशै हामी गर्छौं बन्दै
नेपाली जागे ध्यानैमा, हाम्रो बाटो बन्दै भन्दै ।
आएका बाजा घन्काई, मीठा मीठा रोटी खाँदै
द्यौसी भैलो नाच्दै खेल्दै, केटाकेटी ती घर्घर्रै ।
राता टीका नै लाएका, माला राम्रा घाँटीमा झन्
माग्छन् हज्जारैको नोटै, सोध्दै नै घर्का मूली खै ?
‘हज्जार्भन्दै हिन्दैछौ त्यो, थोरै हैन धेरै नै हो
दक्षिणा थाप्दै हिन्ने हो, चन्दा माग्ने नेता पो हो !’
‘हामी हान्छौं छक्का चौका, नेता भन्दा केमा कम्छौं?
बाबा आमाको खुट्टामा, थाप्लै राखी काम्दै बस्छौं !’
@@@@@@@@@@@@@@@@@
विद्युन्माला छन्दैमा यो, भन्दै कोर्दा कोर्दै मैलै
गाईको स्वरूपै मन्मा, अर्कै पो देखें है ऐले ।
विद्वानैको खन्तीले खनी, फालीयोस् मूलै बेकामी
प्रार्थना गर्दै ‘काफ्ले’ है, दुवै हातै जोडी ऐले।
लक्ष्मी पूजा, दिदी भाई मिलन बिन्दु, भाइ पूजा र षष्ठी (छठ ) समेतको हार्दिक मंगलमय शुभकामना !
पद्मराज काफ्ले,
dotpen@gmail.com
लक्ष्मी पूजा, कार्तिक १४, २०७३ ।

ॉ
ॉ