Skip to content


स, जौका बारी, गौंका पुला कम्पनी
स, पुल बन्दी जया बैनै कम्पनी
स, हाँस्दै खेल्दै दिन काटम्ला कम्पनी
स, घरबार्या न भया बैनै कम्पनी
झल्काइदेऊ झल्काइदेऊ
गलैको कम्पनी माला झल्काइदेऊ

स, पुर्शो डाँफे इजर खल्दो कम्पनी
स, माउ डाँफ्या जिलाउँदो बैनै कम्पनी
स, कुहिरी जान लाग्न्या माया कम्पनी
स, हिउँज नबिलाउदो बैनै कम्पनी
झल्काइदेऊ झल्काइदेऊ
गलैको कम्पनी माला झल्काइदेऊ

स, बाटैमुनि गयाल पाक्यो कम्पनी
स, निउताइदेऊ र खान्छु बरै कम्पनी
स, माया देऊ र खल्ती हाल्छु कम्पनी
स, बिदा देऊ र जान्छु बरै कम्पनी
झल्काइदेऊ झल्काइदेऊ
गलैको कम्पनी माला झल्काइदेऊ

शब्द – लक्ष्मीकान्त उपाध्याय
स्वर – अमृत गुरुङ (नेपथ्य)
एल्बम – भेडाको ऊन जस्तो

1 thought on “स कर्णाली”

Leave a Reply to kbs Cancel reply

Your email address will not be published. Required fields are marked *