Skip to content


आकाशबाट के उडी आयो भेडाको ऊन जस्तो
मायाको फोटो मै खिची लान्छ पूर्णेको जून जस्तो

हिउँको धर्सो पग्लेर आयो चौंरीको दूधको जस्तो
आजको साइत मै बही आउँछ झुल्केको घाम जस्तो

डाँफेले बच्चा कोरली ल्यायो बुकीको फूल जस्तो
ढुङ्गामा मूर्ति मै खोपी जान्छु तिमरै रुप जस्तो

आकाशबाट के उडी आयो भेडाको ऊन जस्तो
मायाको फोटो मै खिची लान्छ पूर्णेको जून जस्तो

शब्द – नारायण वाग्ले
स्वर – अमृत गुरुङ (नेपथ्य)
एल्बम – भेडाको ऊन जस्तो

1 thought on “भेडाको ऊन जस्तो”

Leave a Reply to kbs Cancel reply

Your email address will not be published. Required fields are marked *