Skip to content

पर्खिरहेको छ नेपाल

BhupendraKC


हँ हँ हँ हो हो हो तिमीलाई पर्खिरहेको छ नेपाल
स्वदेश फर्कने बाटो, हेरेर त्यो पाल

कस्तो रहेछ जिन्दगी, नटुङगिने यात्रा
आफ्नै देश बनाउनु छ, छाडी आऊ है विदेशीको जात्रा
कर्णालीले कलकल बग्दै, हानिरहेछ छाल
तिमीबिना अधुरो बन्दै छ, नेपाल

प्रकृतिले सम्पन्न देश, मन मुटुमा सजाऊ
विदेश जस्तै स्वदेशमै, पसिनालाई बगाऊ
सबै जना छोडी जान्छन, यहाँ मेरो केहाल
तिम्रै साथको पर्खाइमा, रोइरहेछ नेपाल

तिमीलाई नै कुरिरह्यो, खोलानाला बगर
सुन्न पाउँ छिट्टै तिमी, नेपाल आउने खबर
देश सिंगार्न लाग्नुपर्छ, हुन्छ नत्र बेहाल
अटल अनि निश्चल बनी हाँसिरह्यो, रारासँगै फेवा ताल

हुक्र्यौ बढ्यौ पहिलो पाइला, मेरो छाती माथि टेकी
मुटु मेरो छियो भयो, विदेशीको पिआर पाउन मरिहते देखी
तिमीलाई पर्खिरहेको छ नेपाल
स्वदेश फर्कने बाटो, हेरेर त्यो पाल

भुपेन्द्र केसी
बाँफीकोट ८ रुकुम
हाल अमेरीका टेक्सास केलिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *