Skip to content


सोच अनेक, बाटा अनगिनन्त
जीवन हरेक, पाटा अनगिनन्त
मानिस कतेक, नाता अनगिनन्त
विचार सैयेक, छाता अनगिनन्त

संसार हाम्रो, भूलभुलैया हो कि
कर्म हाम्रो, छलछलैया हो कि
नाटक हाम्रो, तलतलैया हो कि
भावना हाम्रो, दलदलैया हो कि

सम्बन्ध हाम्रो, दन्किएको छ कि
माया हाम्रो, कड्किएको छ कि
आचरण हाम्रो, भड्किएको छ कि
आत्मा हाम्रो, सन्किएको छ कि

मरी लग्नु जिन्दगीमा, खाली हात त होला
बाची लग्नु जिन्दगीमा, जाली साथ त होला
गरी लग्ने जिन्दगीमा, पापी जात त होला
भरी लग्ने जिन्दगीमा, माथि पाप त होला

राज भण्डारी (विवश)
दुबई, युएई

3 thoughts on “जिन्दगीमा”

  1. याे अनगिनन्त भनेकाे मैले
    याे अनगिनन्त भनेकाे मैले बुझिन । अनगिन्ती भनेकाे हाे कि अथवा के हाे । जान्ना पाउँ ।

  2. अनगिन्ती कै आशय देखियो
    अनगिन्ती कै आशय देखियो

  3. तर अनगिनन्त भनेकाे कुनै शब्द
    तर अनगिनन्त भनेकाे कुनै शब्द हैन । फिरन्त लाइ फन्त र
    भिडन्त लाइ भन्त भन्नु जस्तो देखियाे । कुन छन्द हाे मित्र । यसाे थसकाे नाम पनि जान्न पाउँ है ।

Leave a Reply to BhawaniKhatiwada Cancel reply

Your email address will not be published. Required fields are marked *