लाखौ तारा आकाशमा, एउटा जुन छैन
तरकारीमा मसला छ, तर नून छैन ।
मर्दै गयो उत्साह,नि, यात्रा भयो खल्लो
जिन्दगीको सितारमा, कुनै धुन छैन ।
न कतै छ हरियाली, न चरीको गीत
मन भयो मरुभूमि, मनसुन छैन ।
के सुनाउ दैवलाई, व्यथा जिन्दगीको
देवताको मन्दिरमा, भनसुन छैन ।
देशभक्ति भन्ने कुरा उखान टुक्का भए
नेताजीको शरिरमा, चोखो खुन छैन ।
आनन्दबस्ती, ललितपुर
बैशाख २३ गते
२०७५ साल
