सानो कुरा मनमा लिई दुखी हुनुहुन्न
दुख्छ मुटु चस्स तर देखाउनु हुन्न
कस्को भर पर्नु खै सबकै डर लाग्छ
आफ्नै छायाँ आफैंसँग डर लाग्छ
जसलाई मैले आफ्नो सम्झें ढुंगा जस्तै साह्रो रैछ
शिरमा ला’को फूल पनि त्यस्तै पापी पापी रैछ
देउतै भेटो भनी म सोच्ने गर्थें सत्यसत्य झुटै रैछ
बात मीठो गर्ने राजै, मर्यादाको मियो ढलेछ
चोखो मनको श्रद्धा पनि जलनले छलै परेछ
आँखैमा राख्ता बिझाउन्न भन्थें रामराम झुटै रैछ
शब्द, स्वर, संगीत – अमृत गुरुङ (नेपथ्य)
एल्बम – भेडाको ऊन जस्तो
