मेची दुख्दा काली दुख्दा, तिम्लाई दुखेन र ?
गण्डकी र कोशी सुक्दा, तिम्लाई दुखेन र ?
भोक भोकै सडकभरि, कर्णधार देख्दा
विवशतामा शिर झुक्दा, तिम्लाई दुखेन र ?
टोक्न सधैं खोजी राख्ने, छिमेकीको कुकुर
आफ्नै घरतिर भुक्दा, तिम्लाई दुखेन र ?
खोसिएको बारम्बार, स्वभिमान र सीमा
उठाएको नारा लुक्दा, तिम्लाई दुखेन र ?
– नकचरे नरेन लिम्बू
चुलाचुली:इलाम

देशभक्त गजल । अहिलेका सबै
देशभक्त गजल । अहिलेका सबै राजनीति नेता हरुले र जनता हरुले पढ्न पर्ने र व्यवहार मा उतार्न पर्ने ।