दुख छ रे धेरै, छोरीले नि माम भन्छिन्
घरमै नआइपुग्दै खै राजा दाम भन्छिन्
कुरा पनि गर्ने हो रे, साथी बन्ने हो पक्का
हप्ता दिन नबित्दै खै त तेरो नाम भन्छिन्
काँडा पनि नसहने रे, गाडा पनि नसहने रे
पैसा छैन के भन्नु पैले खल्ती छाम भन्छिन्
महोदय हजुरसँग दिने मलाई केही के छ ?
सहयोगी होइन भने तेरो छैन काम भन्छिन्
सौभाग्य बजगाईं
उग्रचण्डी गाविस ७
काभ्रे
