Skip to content

यो मेरो चन्द्र सूर्य अङ्कीत् ध्वजा


यो मेरो चन्द्र सूर्य अङ्कीत् ध्वजा
~~~~~०००~~~
आकाश र धर्ती यो ब्रम्हाण्डमा
रहेसम्म ,
मेरो देश नेपालको चन्द्र सूर्य अङ्कीत यो राष्ट्रिय ध्वजा ,
अतुतरुपमा यसरी नै सधैं सधैं फहराई रहोस ,
यसै ध्वजा मुनि तिन कोटि नेपाली सधैं हाँसिखुसी बाँच्न
सकोस ,
विश्व सामु नेपाल र नेपालीलाई यसै ध्वजाले ससम्मान
परिचित गराई रहोस् ,
फुलका थुङ्गा सरिका हामी नेपाली नेपालीलाई यसै
राष्ट्रीय
ध्वजाले एकसूत्रमा
बाँधी रहोस् बाँधी रहोस् … । जय जय जय नेपाल
मानकुमारी शिल्पकार( श्रेष्ठ)/साभार: प्रकाश मान शिल्पकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *