Skip to content



आमा तिमी हाँसी दिँदा
सगरमाथामा नै पुगे सरह हुन्छ यो मेरो मन ।
आमा तिमी रोई दिन्दा
भक्कानो नै फुट्ला जस्तो भएर आउँछ यो मेरो मन ।

हाँसिरहेको यसरी नै
सधैं हेर्न पाउँ आमा त्यो तिम्रो अनुहार ।
रुखा सुखा जे छ खाउँला,
ताल तुलै भए पनि सफा पहिरन लगाउँला
तर रहोस हसिलो सधैं तिम्रो त्यो अनुहार ।
लगाई दिन सकैन त के भो
सुनको चुरा र बाला ।
तन मन र बचनले गर्नेछु
सेवा र भै तिम्रै रखवाला ।
हसिलो यसरी नै सधैं
हेर्न पाऊँ त्यो तिम्रो अनुहार आमा ।

www.shilpakarpm.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *