फूल आफू
खोसिन्छ,चिमटिन्छ,चुटिन्छ -हाङ्गाबाट
र
मान्छेको लागि धागोमा उनीन्न्छ,
प्रेम जोडिदिन्छ
सम्बन्ध जोडिदिन्छ ।
फूल आफू मरेर
मान्छेको जन्मोत्सब/विजयत्सब मनाउछ,
भाइटिकामा दाज्युभाइको गलामा माला बन्छ,
पूजाका थाली कलश र मूर्तिमा सजिन्छ,
मान्छेका अन्तिम यात्रामा श्रध्दा सुमन् बन्छ ।
सबैलाई मनपर्ने
सबैको प्रिय
फूल मर्न/मार्न हुदैनथ्यो,
यहा
फूलको नियति भनु या बिडम्बना ?
फूलको मृत्युमा
मान्छेको खुशी र सुन्दरता छ
मान्छेको सन्तुस्टी र आनन्द छ ।
जेद्दा शहर्
२५/०९/२०१८
