Skip to content


खै छन्दका साधक नै हराए
भन्दै यहाँ स्यालहरू कराए
रोजै अनौठो रमिता हुँदै छ
छाडेर डाँको कविता रुँदै छ ।

छन् शब्द मात्रै लय-चेत छैन
मर्दै छ यो वाङ्ममय खेद छैन
झोसेर आगो घर बालिँदै छ
पूर्वीय नासो किन ढालिँदै छ ?

गीता, महाभारत छन्दमै छन्
ती वेद, रामायण छन्दमै छन्
यो सृष्टिको सुन्दर घाम छन्द
स्रष्टाहरूको प्रिय धाम छन्द।

पाखा-पखेराहरूमा छ छन्द
त्यो कोइलीको ध्वनिमा छ छन्द
आकाशको बादलमा छ छन्द
झर्ना, नदीको जलमा छ छन्द ।

हो छन्द प्यारो अनमोल ज्योति
गाँसौँ न माला बटुलेर मोती
हो काव्यशाला दरबार छन्द
सम्पूर्णताको धनसार छन्द ।
(इन्द्रबज्रा छन्द)

1 thought on “छन्द”

  1. विष्णु न्यैापाने

    पराइ ज्यू , उत्कृष्ट छ कविता
    छन्दलाइ मायाँ गर्नेको संख्या कम हुँदै गएको छ पराइ ज्यू । तपाइँको कविता सबको कानकानमा गुञ्जाउनु पर्छ अाँखा अाँखामा नचाउनु पर्छ ।

Leave a Reply to विष्णु न्यैापाने Cancel reply

Your email address will not be published. Required fields are marked *