Skip to content


पन्छीमा डाँफे राम्रो फूलमा लाली गुराँस
हामीलाई लाग्छ राम्रो नेपाली धरती आकास

कुहिरोको पर्दा खोली घामका झुल्का च्याउँछन्
सिन्दूरे रंगमा रंगी हिमालका थुम्का रमाउँछन्
हामीलाई लाग्छ प्यारो जन्मे हुर्केको यही बास
हामीलाई लाग्छ राम्रो नेपाली धरती आकास

ध्वाजामा चन्द्रसूर्य दिनरात मुस्कुराउँछन्
स्वरमा भरी माधुर्य सेती र काली गाउँछन्
हामीलाई लाग्छ मिठो यही माटोको सुवास
हामीलाई लाग्छ राम्रो नेपाली धरती आकास

शब्द – रत्नशम्सेर थापा
स्वर – मीरा राणा, कुन्ती मोक्तान/आनन्द कार्की, कुन्ती मोक्तान, ममता दिपबिम, राजु लामा
संगीत – शिवशंकर
एल्बम – गाउँछ गीत नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *